पौडेश वंश महासंघ अन्तर्गतको बागमति प्रदेशस्तरिय भेला, आगामी चैत्र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । आज, काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयको पुस्तकालयमा बसेको बागमति प्रदेश स्तरिय बैठकले सो निर्णय गरेको पौडेल वंश महासंघ, बागमति प्रदेशका प्रचार प्रसार विभागका संयोजक दिल सागर पौडेलले जानकारी दिनुभयो । संयोजक पौडेलका अनुसार भेलाको लागि आवश्यक तयारी समितिहरु पनि गठन गरिएका छन् ।
आज बसेको बागमति प्रदेशस्तरिय बैठकको अध्यक्षता प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष दिपक प्रसाद पौडेलले गर्नु भएको थियो । उक्त बैठकमा बागमति प्रदेशका १३ वटै जिल्ला संयोजकहरुले आफ्नो जिल्लाको रिपोर्टिङ गर्दैै जिल्ला र स्थानीय तहमा महासंघका गतिविधिहरुको बारेमा बैठकलाई जानकारी गराएका थिए । उक्त बैठकमा केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
पौडेल वंश महासंघ, बागमति प्रदेशको भेला चैत्र ७ गते काठमाडौंमा हुने

प्रतिक्रिया दिनुहोस्