खोटाङका १० स्थानीय तहलाई साँढे २ अर्ब बजेट प्रकाशित मिति : Friday, May 31, 2019 nayapulonline खोटाङ, १७ जेठ – खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ का लागि साँढे २ अर्ब बजेट अनुदान प्राप्त गरेका छन् । संघीय सरकारले विनियोजन गरेको स्थानीय तहको कूल बजेट मध्ये जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले २ अर्ब ५६ करोड ५५ लाख अनुदान प्राप्त गरेका हुन् । अनुदान प्राप्त गर्ने मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबै भन्दाबढी र सबैभन्दा कम साकेला गाउँपालिकाले प्राप्त गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वित्तीय समानीकरणतर्फ १४ करोड ५७ लाख र सशर्त अनुदानतर्फ ३२ करोड ५६ लाख, हलेसी तुवाचुङ नगरपालिकाले वित्तीय समानीकरणतर्फ १० करोड ७५ लाख र सशर्ततर्फ २४ करोड ९५ लाख, ऐसेलुखर्क गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ५८ लाख र सशर्ततर्फ १५ करोड ४९ लाख, केपीलासगढी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ५५ लाख र सशर्ततर्फ १३ करोड १३ लाख, खोटेहाङ गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ९ करोड २९ लाख र सशर्ततर्फ १७ करोड ९७ लाख अनुदान पाएका छन् । जन्तेढुंगा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ४५ लाख र सशर्ततर्फ १४ करोड १७ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ९ करोड २ लाख र सशर्ततर्फ १७ करोड ४३ लाख, रावाबेँसी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड १५ लाख र सशर्ततर्फ १२ करोड ३० लाख, बराहपोखरी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ३३ लाख र सशर्ततर्फ १० करोड ८८ लाख तथा साकेला गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ६ करोड ९० लाख र सशर्ततर्फ १० करोड ८ लाख अनुदान पाएका छन् ।
सार्वजनिक यातायात महासंघ भन्छ, गंगोबु बसपार्कको अतिक्रमण रोकेरै छोड्छौं, खारेज भईसकेको महासँघको कार्यक्रममा मन्त्री किन ?
प्रतिक्रिया दिनुहोस्