भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउने मात्र नभई देशको लागि सक्षम, योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउन भूमिका खेल्नुपर्ने बताउनुभएकोछ ।
बासु माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत, छात्रवृत्ति, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै मेयर प्रजापतिले पढाई र अनुशासनलाई सँगसँगै लानुपर्ने र अभिभावकले पनि छोराछोरीको गल्ती र नराम्रो बानीको आलोचना गर्नुे बताउनुभयो ।
आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको उहाँले जानकारी दिनुभायो ।
प्रतिक्रिया दिनुहोस्