कविता पोखरेल
माघ २२, रम्भा गाउँपालिका । स्थानीय सरकार गठन भएको छोटो समयमा नै केही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भइरहेको छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण पाल्पा जिल्लाको रम्भा गाउँपालिका पनि हो । सुन्दर गाउँपालिका निर्माणको लक्ष्यसहित अगाडी बढीरहनु भएका पालिकाका, अध्यक्ष विष्णु प्रसाद अधिकारीको योजना र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।
पालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी प्रत्येक टोलटोलमा खानेपानीको सुविधा पु¥याउर्दै आएको छ । पालिकाको सबै विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यालहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । केहि समय अगाडी यस पालिकाले बालमैत्री विद्यालय समेत घोषणा गर्दै शैक्षिक क्षेत्रमा उक्ति कै प्रगती गरेको अवस्था छ ।
देशमा बेरोजगारीहरुको संख्या दिनानु दिन बढ्दै गईरहेको बेला पालिकाले स्थानीय वासिन्दाहरुलाई विभिन्न सिपमुलक तालिम प्रदान गर्दै रोजगारीको व्यवस्था गरेको छ । किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन निःशुल्क वितरण कार्य गरेको छ । यस्तै, पालिकाको भवन सहित वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा पालिकाले आम नागरिकहरुलाई कोरोना सम्बन्धि जनचेतना जगाएको थियो । बाहिरबाट आएकाहरुलाई ७ ठाउँमा ५० बेड क्षेमता भएको पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्नुका सार्थै पिडीतहरुलाई राहत वितरण देखि पी.सी.आर र आर. डि.टी परीक्षण गरेको पालिकाका, अध्यक्ष भण्डारीको भनाई छ । आम नागरिकहरुको साथ सहयोग मिलेको खण्डमा आगामी दिनमा पालिकालाई समृद्धिको उचाईमा पु¥याउन समय नलाग्ने अध्यक्ष भण्डारी बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्