कविता पोखरेल
माघ २०, पुर्वखोला गाउँपालिका । पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिकामा भौतिक पूर्वाधारहरुको काम तिव्र गतिमा भइरहेको छ । सुन्दर गाउँपालिका निर्माणको लक्ष्यसहित अगाडि बढीरहनु भएका पालिकाका, अध्यक्ष नुन बहादुर थापाको विकासका योजना र कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।
पालिकाले शैक्षिक क्षेत्र अन्तगर्त सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्थापन गर्नुका साथैं विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गर्दै आइरहेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने लक्ष्य राखेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको अवस्था छ ।
यस्तै, पालिकाको ६ वटै वडामा सडक सञ्जालको काम सम्पन्न भएको छ । निर्माण भएका सडकलाई आवश्यक सुधार गर्ने र सडकलाई पीच गर्ने योजना भइरहेको अध्यक्ष थापाले भन्नुभयो । स्थानीय स्तरमै युवाजनशत्तिहरुलाई सिपमुलक तालिम प्रदान गर्दै रोजगारको व्यवस्था गर्ने र किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गरेर कृषि क्षेत्र अन्तगर्त पनि उल्लेखनीय प्रगति गर्दै आएको अवस्था छ । एक घर एक धाराको अभियान सञ्चालन गरी प्रत्येक टोलटोलमा खानेपानिको सुविधा गर्ने योजना गरेको छ ।
आम नागरिकहरुको साथ सहयोग मिलेमा पालिकालाई चाँडैं समृद्धिको उचाईमा पु¥याउन सकिने अध्यक्ष थापाले विस्वास व्यत्ति गर्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले आम नागरिकहरुलाई सतर्कता अपनाएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न ५ सय बेड क्षमता भएको क्वारेन्टाइन र १ सय बेडको होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्