विकासका काममा फड्को मार्दै छायाँनाथ रारा नगरपालिका

विकासका काममा फड्को मार्दै छायाँनाथ रारा नगरपालिका

कविता पोखरेल
माघ १८, छायाँनाथ रारा नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा विकास निर्माणको कामले फड्को मारेको छ । निर्माण भएका सडकलाई आवश्यक सुधार गर्ने र सडक नपुगेको ठाउँमा निर्माण कार्य भइरहेको नगरका, नगर प्रमुख हरिजङ्ग शाहीले बताउनु भयो । केही वडामा सडक निर्माणको काम सम्पन्न भएको छ । उक्त सडक निर्माण पछि यात्राको लागि थप सहज हुनेछ । नगरले एउटा पुल निर्माणको काम समेत सम्पन्न गरेको छ ।

“ एक गाउँ एक उत्पादन, एक घर एक धारा र एक घर एक कृष ” को व्यवस्थापन गरेको छ । खानेपानीको मुख्य समस्या रहेकोले वृहत खानेपानीका आयोजना गरी नगरको सबै टोलटोलमा “ एक घर एक धारा ” पु¥याउने लक्ष्य राखेको छ । उक्त खानेपानी आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको अवस्था छ । किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं युवावर्गहरुलाई पशुपालन र तरकारी खेतीको लागि विशेष पहल गर्दै आइरहेको छ ।

आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगगरको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु हटेको छ । नगरले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गर्नुका साथैं, विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा नगरलाई समृद्धिको उचाईमा पु¥याउनको लागि नगर प्रमख शाहीले गर्नु भएको विकासका कार्यान्वयन र योजनाहरु वास्तवमै अनुकरणीय छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी नियन्त्रणको लागि नगरले आम जनताहरुलाई सचेतना गराएको थियो । कोरोनाबाट प्रभावित भएका पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं, बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र हो म आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख शाहीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्