ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले आफ्नो बिकास र समृद्धिको यात्रा अगाडि बढाइरहेको गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर पौडेलले बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भैसकेको छ । सबै वडामा सुबिधा सम्पन्न अस्पतालको ब्यवस्था गरि सकिएको छ ।
त्यस्तै एक घर एक धाराको रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरिसकेको छ लिखु गाउँपालिकाले । गाउँपालिकाले पोकली झरनालाई प्रचार प्रसार तथा संरक्षण गरि प्रयटन क्षेत्रलाई अगाडि वढाएको छ । बिधुतिय सेवा सबै पालिका बासीमा पुगिसकेको छ भने शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरेको छ ।
भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने अध्यक्ष पौडेललले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्