कोरोनाका बिचमा पनि विकासका कामका सक्रिय हुँदै दैलेखको महावु गाउँपालिका

कोरोनाका बिचमा पनि विकासका कामका सक्रिय हुँदै दैलेखको महावु गाउँपालिका

कविता पोखरेल/रतन वि.क
मंसिर २७, महावु गाउँपालिका ।
दैलेख जिल्लाको महावु गाउँपालिकाले कोरोनाको बिचमा पनि शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासका कामहरुलाई निरन्तर अगाडि बढाएको छ ।

महावु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीका अनुसार कोरोना भाइरस संक्रमितहरुको लागि ३० शैयाको अस्पताल निर्माण कार्य सम्पन्न भएको र यसले विगतमा स्वास्थ्य उपचारको लागि टाढा–टाढा धाउनु पर्ने गाउँपालिकाबासीको बाध्यता अन्त्य भएको छ ।

बैदेशिक रोजगारमा गएका युवाहरु दिन प्रतिदिन स्वदेश फर्कनेको सङ्ख्या पनि बढिरहेको हुँदा युवाहरुको लागि आइसोलेशनको छुटेटै व्यवस्था गरिएकोे छ । यसै वर्षको अन्त्यसम्म सबैको घरमा विजुली पु¥याउने योजना गरेको छ । महावु गाउँपालिका हाल सडक सुविधाका हिसावमा सम्पन्न स्थानीय तह बनेको छ । हालसम्म गाउँपालिकाले २४५ कि.मी को सडक निर्माण कार्य सम्पन्न गरेको छ ।

यो वर्षको अन्त्यसम्ममा गाउँपालिकाका सबै घरधुरीहरुमा विद्युतिकरण गरिने अठोट गाउँपालिका अध्यक्ष शाहीले व्यक्त गर्नुभयो । साथै उहाँले कोरोना भाइरसको जोखिमबाट बच्न सुरक्षित रहने मापदण्डहरु पालना गर्न सम्पूर्ण गाउँपालिकालाई अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्