थाङपालधाम, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ६ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष मान बहादुर तामाङले बताउनुभयो । हालसम्म वडामा कोरोना भाइरसको प्रभाव नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वडामा कोरोना भाइरसले अहिलेसम्म असर गरेको छैन । बाहिरबाट आएका व्यक्तिहरुलाई गाउँपालिकाकै क्वारेन्टाइनमा १४ दिन राखी पि.सि.आर परीक्षण गराएर मात्र प्रवेश दिएका छौं । हालसम्म यहाँ प्रवेश गर्ने सबैको रिर्पोट नेगेटिभ आएको छ । ’
वडाले संक्रमण फैलिन नदिन नागरिकहरुलाई मास्क, साबुन वितरण गरेको वडाध्यक्ष तामाङले जानकारी गर्नुभयो । महामारीको समयमा वडलाई कतैबाट पनि सोचेअनुसार सहयोग नभएको र सबै वडाले नै व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्