असोज १, काठमाडौँ । सिन्डिकेटरहित र सर्वशुलभ यातायात सेवा दिने उद्धेश्यले स्थापना भएको शार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको भोली तथा असोज २ गते राजधानीमा हुने शार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या तथा समाधान विषयक गोष्ठि तथा प्रादेशिक भेलाको उद्घाटन गर्न सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन उपस्थित हुने भनिए पनि उपराष्ट्रपति सो कार्यक्रममा आउन नसक्ने उहाँको सचिवालयले जनाएको महासंघले एक विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।
महासंघका अध्यक्ष होम प्रसाद अधिकारी तथा महासचिव गणेश उप्रेतिको हस्ताक्षर रहेको विज्ञप्तिमा उपराष्ट्रपति पुन सो कार्यक्रममा आउन नसक्ने सन्देश पाएकोले सो विज्ञप्ति निकालिएको जनाइएको छ ।
सिन्डिकेटरहित यातायात महासंघको गोष्ठिमा उपराष्ट्रपति नआउने

प्रतिक्रिया दिनुहोस्