काठमाण्डौ । धुनिवेशी नगरपलिका धादिङ , साविकको छत्रेदेउराली गाविस वडा नं १ का वडा अध्यक्ष चन्द्रबहाँदुर तामाङले शिक्षा क्षेत्रमा विशेष जोड दिदै अगाडी बढिरहेको बताउनुभएको छ । अशल संञ्चारसँगको कुराकानीमा अध्यक्ष तामाङले सो कुरालाई प्रकाश पार्नुभएको हो ।
हरेक ब्यत्ति शिक्षाबाट बञ्चित हुनु नपरोश भनेर नेपाल सरकारको अभियानमा हरेक जिल्लामा शिक्षा पुगिसकेको छ । उहाँको वडामा पनि ६ वटा विद्यालयहरु रहेका छन । जसमा आधारभुत २ , मावि २ , उच्च मावि १ र एउटा निजि बोर्डिङ रहेको छ । भने शैक्षिक स्तरोन्नति गर्नको लागी प्रत्येक सामुदायिक विद्यालयहरुमा कम्प्युटर माध्यमबाट अध्ययन भईरहेको साथै कक्षा ३ सम्म अंगे्रजि माध्यमका पुस्तकहरु पठनपाठन हुने साथसाथै कक्षा ५ सम्म निशुल्क खाजाको ब्यवस्था रहेको पनि उहाँले बताउनुभयो ।
वि सं २०७२ को भुकम्पमा विद्यालयको भवन क्षतिग्रस्त भएको थियो हाल आएर आधारभुत मावि चार , चार कोठाको भवन निर्माण भईरहेको छ भने ३ करोड लागतमा उच्च माविको ठुलो भवन निर्माण गर्ने तत्कालै योजना रहेको पनि उहाँले बताउनुभयो । ६ वटा विद्यालयमा कसरी पठनपाठन भईरहेको छ शिक्षकहरुको नियमित उपस्थिति छ कि छैन , विद्यार्थिहरु अनुशासित छन छैनन हेर्नको लागी सिसि क्यामेरा राख्ने योजना रहेको बताउनुभयो साथै यसको लागि बजेट बिनियोजन पनि भईसकेको उहाँले बताउनुभयो । भने स्वास्थ्य क्षेत्रमा प्रकाश पार्दे अध्यक्ष्य तामाङ भन्नुहुन्छ पहिले ल्याव टेस्टको लागी काठमाण्डौ सम्म धाउनुपर्ने अवस्था थियो भने अहिले यो समस्यालाई समाधान गर्दे ल्यावको ब्यवस्था साथै दशै अगाडी नै एम्बुलेन्स ल्याउने प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो ।
पर्यटकिय राष्ट्रिय निकुञ्ज शिवपुरी को नामले प्रशिद्ध यस वडामा अन्य धेरै पर्यटकिय स्थलहरु रहेका छन । छत्रे मैछनारायण , वछला देवि पनि रहेका छन । पैदलमार्गका लागी सनगाँउ देखि चिलाउनेगाँउ , छैमलडाँडा , छत्रेमैछनारायण हुदै नर्शरी भञ्जाङसम्म पैदलयात्राको लागी कार्य निर्माण भईरहेको उहाँले बताउनुभयो । र यस योजनाको लागी ६ लाख बजेट बिनियोजन भएको छ । सडकको क्षेत्रमा भने पुरानोबाटो मर्मत सुधार ग्रावेल , सोलिङको कार्य भइरहेको उहाँले बताउनुभयो । प्राविधिकको सल्लाहामा मात्रै घर निर्माण भईरहेका छन भने भुकम्प पछिको किस्ता ३०% ले पाईसकेको छ भने कात्र्तिकसम्ममा ७०% ले पाइसक्ने उहाँको अनुमान छ ।
नेपाल एक कृषिप्रधान देश हो । यहाँका अधिकांश ब्यत्तिहरु कृषिमा निर्भर रहेका छन । धुनिबेशि नगरपालिका वडा नं १ मा कृषि क्षेत्रमा पनि संम्भावना रहेको कारण कृषिविज्ञसँग परामर्श लिएर काम गरिरहेको पनि उहाँले बताउनुभयो । साथै माटोको परिक्षण गरेर जुन ठाँउमा जे फल्छ त्यहि कागती , सुन्तला साथै अन्य धेरै फलफुलको विरुवा वितरण गरेको पनि तामाङले बताउनुभयो । आर्थिक विपन्न , दलित , एकल महिला हरुको लागी पनि वाख्रा वितरण , चल्ला वितरण , राँगा वितरणको कार्यक्रम पनि अघि बढिरहेको छ । छत्रेदेउराली गाविस लाई नमुना गाविस बनाउनेमा मेरो विशेष जोड छ तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्