चीनकाे दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो।
बसमा ४७ जना सवार रहेका थिए । छ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना हुनुको कारण अनुसन्धान भइरहेकाे प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्