चितवन । पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान बहादुर मल्लले जानकारी दिनुभयो । एसपी मल्लको अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिनुभयो । एसपी मल्लको अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएकाे छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।
यसअघि पुडासैनी न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । पत्रकार पुडासैनीकाे निधनप्रति न्यूज २४ टेलिभिजनले दु:ख व्यक्त गरकाे छ । पत्रकार रबी लामीछानेले आफ्नो फेसबुक मार्फत पुडासैनीको निधनले न्युज २४ परिवारलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन ।
स्तब्ध छु।मर्न नडराउने भाई शालिकराम पुडासैनीले कसरी आफैलाई मार्ने निर्णय गरे होलाल्। छातीमा लात्त्ती खाई खाई पनि प्रश्न…
Gepostet von Rabi Lamichhane am Montag, 5. August 2019
प्रतिक्रिया दिनुहोस्