नेपाल विद्युत प्राधिकरणले विभिन्न तह र सेवा समूहमा रिक्त अधिकृत स्तर तथा सहायक स्तरका पदहरुमा दरखास्त आह्वान गरेको छ ।
लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरीएको विद्युत प्राधिकरणले जनाएको छ । उक्त पदहरुको लागी प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका देखी माथीका याग्यता भएका उम्मेद्धवारहरुले परीक्षा दिन पाउने छन ।
दरखास्त फाराम प्राधिकरणको वेबसाइट www.nea.org.np वाट डाउनलोड गरि A4 साईजको फोटोकपी पेपरमा प्रिण्ट गरी सम्पुर्ण बिवरण भरी सूचना प्रकासन भएको मितिले २१ दिन भित्र अर्थात् मिति २०७६/०४/०२ गते सम्ममा र दोब्बर दस्तुर तिरी मिति २०७६/०४/०९ गते सम्ममा तोकिएका कार्यालयमा दर्ता गराउनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्