यस्तो छ, नेपालको विश्वकप यात्रा : ज्यानै दिने होड देखि १३ गोलसम्म

यस्तो छ, नेपालको विश्वकप यात्रा : ज्यानै दिने होड देखि १३ गोलसम्म

काठमाडौं । आगामी आइतबार रसिया विश्वकप २०१८ को फाइनल खेल हुँदैछ । नेपालमा पनि फुटबलको अत्यन्तै राम्रो क्रेज रहेको रसिया विश्वकपले प्रमाणित गरिसकेको छ । यसबीच कत्ति नेपालीहरुमा जिज्ञासा हुन सक्छ, नेपालको विश्वकप यात्रा चाहि कस्तो छ त भनेर ? नेपालले पनि तीन दशक अगाडिदेखि विश्वकप छनोटका खेलहरुमा भाग लिंदै आएको छ। सातवटा प्रयासहरुमा भने नेपाल छनोटको पहिलो चरण भन्दा अगाडि बढ्न सकेको छैन। यद्यपि हरेक छनोटमा नेपाली फुटबल टोलीले केहि नयाँपन दिने गरेका छन् । सन् १९८६ को विश्वकप छनोटमा नेपालको तर्फबाट विश्वकप छनोट खेल्ने रुपकराज शर्माको कप्तानीमा रहेको ८० को दशकको नेपाली फुटबलको गोल्डेन जेनेरेशन अर्थात स्वर्णिम पुस्ताको टोली थियो। त्यो बेला देशको लागि खेल्ने भनेपछि ज्यान दिने जस्तो भान हुने गर्दथ्यो । त्यसबेला दक्षिण कोरिया विश्वकप विजेता अर्जेन्टिनासँग ३– २ को प्रतिस्पर्धात्मक स्कोरमा हारेको थियो तर  नेपालमाथि दुई गोलमात्र गर्दै जितेको थियो ।

सन् २००२ को विश्वकप छनोट भने नेपालको लागि अहिलेसम्मकै अविस्मरणीय र सफल मानिन्छ। इराक र काजकिस्तानमा खेलिएको सो विश्वकप छनोटमा नेपालले पहिलोपटक कुनै खेल जितेको थियो भने १३ गोलको वर्षासमेत गरेको थियो। यसअघि रक्षापंक्तिलाई दरिलो बनाउने नेपालले यसपटक आक्रमक स्वरुप अपनाएको थियो । निराजन रायमाझीले उक्त प्रतियोगितामा ह्याट्रिक सहित सात गोल गरेका थिए।
तर फिफाले सन् २०१० देखि छनोट प्रतियोगिताको स्वरुप परिवर्तन गर्‍यो। कमजोर राष्ट्रहरूले सिधै छनोट चरणमा प्रतिस्पर्धा गरिने प्रणाली हटाएर फिफाले त्यसअघि विश्व वरियतामा तल परेका राष्ट्रहरूबीच प्ले अफ खेल्ने नियम बनाएपछि भने नेपालजस्ता राष्ट्रहरुको ठूला राष्ट्रहरुसँग खेल्ने सपना कठिन बन्यो ।

होम एण्ड अवेको आधारमा अर्थात दुवै देशमा खेल्ने उक्त प्रतिस्पर्धामा नेपालले सन् २०१० मा ओमानसँग खेलेको थियो। २०१४ को छनोटमा नेपालले पहिलो प्ले अफमा टिमोर लिस्टेलाई हराएर अगाडि बढेको थियो। दोस्रो प्ले अफमा जोर्डनसँग रोकिनुपर्‍यो। जारी विश्वकप २०१८ को लागि भारतविरुद्ध प्ले अफ खेलेको नेपालले एक हार र एक बराबरी खेलेर टुङग्याएको थियो। विश्वकपको अन्तिम चरणमा खेल्न फिफाले एसियाली महाद्वीपलाई पाँच कोटा दिएको छ। जसमा एउटा कोटाको लागि दक्षिण अमेरिकी राष्ट्रसँग प्ले अफ खेल्नुपर्ने प्रावधान छ। तर एसियाको उत्कृष्ट पाँच टोलीमा समावेश भई विश्वकपको ढोका खोल्नु भनेको चाहिँ नेपालको लागि कठिन मानिन्छ। रसिया विश्वकपमा एसियाबाट जापान, दक्षिण कोरिया, इरान र साउदी अरेवियाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.