जर्सी लगाएरै क्रोएसियाली मन्त्रिपरिषदको बैठक

जर्सी लगाएरै क्रोएसियाली मन्त्रिपरिषदको बैठक

काठमाडौं । क्रोएसियाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा पुगेपछि क्रोएसियाली मन्त्रीहरुले जर्सी लगाएरै मन्त्रिपरिषद बैठक गरेका छन् ।

 

उनीहरुले राष्ट्रिय जितको उत्सव मनाउनुका साथै खेलाडीहरुको सम्मानमा त्यसो गरेका हुन् । क्रोएसियन राष्ट्रपति कोलिन्डा जर्सी लगाएर मैदानमै पुगेर हौसला बढाइरहेको खबरले धेरैलाई अचम्ममा पारिरहेका बेला मन्त्रिपरिषदमै सबै मन्त्री जर्सी लगाएर बैठक बसेको दृश्य निकै भिन्न छ । बैठकमा राष्ट्रिय टिमको जितबारे कुराकानी गर्दै खुसी साटासाट पनि गरेका थिए । विश्वकप उपाधि जितेमा खेलाडीहरुलाई कसरी सम्मान र हौसला दिने भन्नेबारे कुराकानी भएको बताइएको छ ।

सन् १९९८ मा पहिलोपटक विश्वकपमा सामेल हुँदा नै सेमिफाइनलसम्म पुगेको क्रोएसियाले यसपटक सबैलाई चकित पार्दै उत्कृष्ट खेल देखाइरहेको छ । त्यसबीच २००२, २००६ र २०१४ मा पनि विश्वकप खेलेको क्रोएसिया समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.