रामेछापमा माइक्रो दुर्घटना, ११ यात्रु घाइते

रामेछापमा माइक्रो दुर्घटना, ११ यात्रु घाइते

रामेछापको सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालक सहित १२ जना घाइते भएका छन् ।

सेलेघाटको मोडमा ब्रेकफेल भएर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । बा ४२ ख २९८२ नम्बरको माइक्रो बस ठूलो दुर्घटनाबाट बचेको छ ।घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर शुभजिवन हस्पिटल खर्कोटमा उपचार भइरहेको स्थानीय रामहरि केसीले रामेछाप न्युजलाई बताए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले गाडी दुर्घटनाको बारेमा अनुसन्धान अगाडि बढाइएको बताए ।

उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । मालुखोलाबाट काठमाडौंतर्फ जादै गरेको कुशेश्वर यातयात प्रालिकाको माइको बस मोडमा दुर्घटना भएको थियो । गाडी चालक सन्तोष गोलेले निकै सावधानी पूर्वक ११ जना यात्रुको ज्यान बचाउन सफल भएका छन् । पाँच मिटर मात्र चालकले गाडी भित्तामा नपल्टाएको भए सिधै तामाकोसी नदीमा पुग्ने अवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्