काठमाडौं महानगरपालिकाले८०० स्थानमा सिसी क्यामेरा जडान

काठमाडौं महानगरपालिकाले८०० स्थानमा सिसी क्यामेरा जडान

असोज १७,काठमाडौं । महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ।

यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ। ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो। प्रहरीले उपत्यकामा करिब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ।
अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकरी दिए।

जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ। यसअघि नेपाल प्रहरीले कामपाको मुख्य सहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ।

त्यसैगरी, आगामी दिनमा फोहोर संकलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ। नगरका कर्मचारीले समयमा नै फोहोर संकलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारबाही गर्न सजिलो हुने विश्वास गरिएको छ।त्यस्तै, सर्वसाधारणले पनि जथाभावी फोहोर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो।

सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ। क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ। सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ।

उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत काम अघि बढाइने छ। दसैँअगावै काम सुरू गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दसैँलगत्तै प्रभावकारीरूपमा काम सुरू गरिने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.