मष्टामा गाउँपालिकामा सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन, स्थानीयमा खुशियाली

मष्टामा गाउँपालिकामा सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन, स्थानीयमा खुशियाली

बझाङ । जिल्लाको मष्टा गाउँपालिका वडा न २ नौरामा करिब ४ सय घरधुरी भएको लाभान्वित हुने  सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन भएको छ ।

उक्त भवनको उद्घाटन पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश सह इन्चार्ज भानुभक्त जोशीले गरेका हुन् । उक्त भवन निर्माणको लागि स्थानीयबासिले ५ रोपनी जग्गा अनुदान दिएका छन् । राम रोकाया, भक्त रोकाया किथवि रोकाया र राम रोकायाले भवन निर्माणको लागि जग्गा हस्तान्तरण गरेका हुन् । आफ्नो वडामा स्वास्थ्य चौकी निर्माण हुने भएपनि त्यहाँका स्थानीयमा खुसीयाली छाएको छ । उक्त भवन उद्घाटन कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष मीन कुवर, सचिव दमन भण्डारी जयपृथ्वी नगरपालिका मेयर बिरेन्द्र खड्का, मष्टा गाउँपालिका अध्यक्ष कर्ण कठायत तथा जिल्ला कमिटी विभिन्न नेताहरुको उपस्थिती रहेको थियो ।

यस्तै मष्टा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । स्थानीयलाई एम्बुलेन्स सेवा दिनका लागि गाउँपालिकाले एम्बुलेन्स सचालन गरेको हो । गाउँपालिका यहाँका जनताले एम्बुलेन्स सेवा पाएका छैनन् । पाएमा पनि महंगो छ । अब, जनताले सस्तो मूल्यमा गाउँघरबाटै एम्बुलेन्स सेवा पाउँने छन् ।”अध्यक्ष कर्णबहादुर कठायतले भने ।

गाउँपालिकाका अधिकांस ठाउँमा सडक पुगेको छ । सडक पुगे पनि गाउँपालिका भित्र सुविधा सम्पन्न अस्पताल छैन । जटिल खालका विरामीलाई जिल्ला सदरमुकाम चैनपुर सहित अनेन्त्र रेफर गर्नुपर्ने बाध्यता रहि आएको छ । विरामीलाई सक्दोछिटो अस्पताल पुर्याउनको लागि एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको अध्यक्ष कठाएतले बताए । जम्मा ७ वटा वडा रहेको मष्टा गाउँपालिका भरी ११ वटा स्वास्थ्य संस्था रहेका छन् । साविकका गाविसहरु मष्टा, भातेखोला, रिलु र कोटदेवलमा स्वास्थ्य चौकि रहेका छन् भने अन्य ३ ठाउँमा आधारभुत स्वास्थ्य इकाई संचालनमा आएका छन् । त्यस्तै गाउँपालिका भरीमा ४ वटा प्रसुती गृह रहेको अध्यक्ष कठायतले बताए । गाउँपालिकामा सडक सञ्जाल विस्तार भएसंगै स्थानीयले सुलभ र सहज रुपमा एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन्

प्रतिक्रिया दिनुहोस्