विकास र समृद्धिमा अगाडि, मोरङको मिक्लाजुङ गाउँपालिका

विकास र समृद्धिमा अगाडि, मोरङको मिक्लाजुङ गाउँपालिका

कविता पाेखरेल ।

मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका विकास र समृद्धिमा अगाडि रहेको गाउँपालिकाका अध्यक्ष देबि प्रसाद आचार्यले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले शैक्षिक क्षेत्रको बिकासको लागि आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एवं गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउँपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको कामपनि तिब्र गतिमा भईरहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाको पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास भइसकेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिका स्तरमै रोजगारि सृजना गर्न तर्फ पनि गाउँपालिका लागि परेको छ । गाउँपालिकाले खानेपानीको सुबिधा सबै नागरिकहरुमा पुर्याउन एक घर एक धाराको अभियान संचालन गरेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष आचार्यको योजना छ ।

प्रतिक्रिया दिनुहोस्