समृद्धिको मुख्य मेरुदण्ड नै विकास निर्माण कार्य हो: नगर प्रमुख यादव

समृद्धिको मुख्य मेरुदण्ड नै विकास निर्माण कार्य हो: नगर प्रमुख यादव

रचना तिमल्सिना
पौष २६, मिर्चैया नगरपालिका । सिरहा जिल्लाको मिर्चैया नगरपालिका भौतिक संरचनाको काम गतिमा भैरहेको नगर प्रमुख श्रवण कुमार यादवको भनाई छ । समृद्धिको प्रमुख मेरुदण्ड नै विकास निर्माण कार्य भएको हुनाले आफु नगरमा निर्वाचित भए पश्चात पहिलो प्राथामिकता भनेको नगरमा सडक, विद्युत, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि क्षेत्रलाई आमुल परिर्वन गराउनु मुख्य उद्येश्य रहेको नगर प्रमुख यादवले भन्नुभयो । नगरको क्षेमताले भ्याएसम्म समृद्धि र सुन्दर बनाउन जनप्रतिनिधिदेखि आम जनताहरु समेत लागि परेको यावदले जनाउनु भयो ।

अहिले पनि कतिपय ठाउँमा सडक नपुगेको ठाउँमा सडक निर्माण गर्ने सडक पुगेको स्थानहरुमा ग्राभेल गर्नुका साथै सडक सञ्जालमा विभिन्न सुधार कार्य भइरहेको उहाँले भन्नुभयो । जनताहरुको भावना र चाहनालाई कदर गर्दै नगरलाई जिल्ला कै समृद्ध र सुन्दर नगर हाम्रो रहर भन्ने नाराका साथ नयाँ विकास निर्माण कार्यको लागि विभिन्न पहल भइरहेको नगर प्रमुख यावदले बताउनु भयो ।

महेन्द्र राजमार्गले छुने यस मुख्य सडकखण्डमा दैनक रुपमा यातायातका सवारी साधनहरु चल्ने र एक बेस्त सडक रहेको नगर प्रमुख यादवले भन्नुभयो । वडा कार्यलयको भवन र शैक्षिक क्षेत्रको विद्यालय भवन सहित निर्माण कार्य सम्पन्न हुनुका साथै केही निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख यादवको भनाई छ । कृषिमा विउ विजन गर्नुका साथै स्यानीय युवाहरुलाई स्वरोजगारको व्यवस्था गरिरहेको उहाँले जनाउनु भयो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि जनताहरु समक्ष विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत सतर्कता अपनाएको नगर प्रमुख यादवले बताउनु भयो । बाहिरबाट आएका व्यक्तिहरुको लागि क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको मेयर यादवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्