जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै महादेवा गाउँपालिका

जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै महादेवा गाउँपालिका

रचना तिमल्सिना ।

सप्तरी जिल्लाको महादेवा गाउँपालिकाले समृद्धि तर्फको यात्रा अगाडि बढाएको गाउँपालिका अध्यक्ष दिपक कुमार यादवले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ, कृषि ,सडक लगायतका क्षेत्रमा उल्लेखनिय काम गरिरहेको छ । बिगतमा केही ठाउमा मात्रै यातायातको सुबिधा भएको यस गाउँपालिकामा अहिले सबै वडामा सडक संजालमा जोडिएको छ । गाउँपालिकाले खानेपानीको सुबिधा सबै गाउँपालिकाबासिमा पुर्याउन एक घर एक धाराको अभियान मार्फत काम गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा समपन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । कृषि तथा पशुपालनको लागि किसानहरुलाई अनुदानको ब्यवस्था तथा सिंचाइ कुलोको निर्माण तथा बीउ बिजन वितरण जस्ता कामहरु गाउँपालिकाले गरिरहेको छ । आगामी दिनहरुमा पनि विकास र समृद्धि तर्फका कामहरु गाउँपालिकाले अगाडि बढाउने अध्यक्ष यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्