जिल्लाकै समृद्ध बन्दै, सप्तरीको राजबिराज नगरपालिका

जिल्लाकै समृद्ध बन्दै, सप्तरीको राजबिराज नगरपालिका

रचना तिमल्सिना ।

सप्तरी जिल्लामा पर्ने राजबिराज नगरपालिका जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको नगर प्रमुख शम्भु प्रसाद यादवले बताउनु भएको छ ।

उहाँका अनुसार नगरले स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरबासिमा पुर्याउन आफ्नै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास गरिसकेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको ाजबिराज नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नगरले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ । साथै केही सडकलाई कालो पत्रे गर्ने कामपनि भइरहेको मेयर यादवले बताउनु भयो । त्यस्तै नगरले बजारको ब्यवस्थापन गर्न पुरानो हटियाहरुको पुनःनिर्माणको काम पनि थालनी गरेको छ । नगरले फोहोरमैला र छाडा चौपायाहरुको ब्यवस्थापनमा पनि विशेष पहल गरिरहेको नगरका मेयर यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्