बिकास र समृद्धिमा अगाडि मालारानी गाउँपालिका

बिकास र समृद्धिमा अगाडि मालारानी गाउँपालिका

रचना तिमल्सिना ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका बिकास र समृद्धिको बाटोमा अग्रसर रहेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले शैक्षिक क्षेत्रको बिकासको लागि आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राविधिक एवम गुणस्तरिय शिक्षामा जोड दिएको छ । गाउपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोनतिको काम पनि तिब्र गतिमा भइरहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको सिलान्यास भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो । साथै ६ वटा वडामा बर्थिङ सेन्टर पनि संचालन आइसकेको छ । गाउँपालिकाले खानेपानीको सुबिधा सबै नागरिकमा पुर्याउन एक घर एक धाराको अभियान संचालन गरिरहेको छ । कोरोना महामारिमा गाउँपालिकाले नागरिकहरुलाई मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण,आर डि टि , पिसिआर परिक्षण लागायतका कामहरु गरेको थियो । अहिले गाउँपालिका कोरोना भाईरसमुक्त भईसकेको छ ।

गाउंपालिका अध्यक्ष आचार्यले मालारानीका सबै मुख्य र सहायक सडकमा हिउंद वर्षा बाह्रै महिना सरर गाडी चल्ने बताए । वर्षाको बाढी पहिरोले कतै बाटो अवरुद्ध भएमा तत्काल पहिरो हटाएर नियमित गाडी सुचारु गरिने उनले बताए । सबै वडामा पुगेका सडक र मुख्य सडकको स्तरोन्नती गर्ने, नाली काट्ने, कजवे बनाउने काम भैरहेको उनले बताए । वर्षामा पानी परेकाले कच्ची सडक चिप्लो त हुन्छ । तर, बाटो बिग्रेका कारण गाडी रोकिने हुंदैन ।
सरकारी बजेट, चन्दा र अन्य आम्दानीबाट वडाको टोलैपिच्छे सडक निर्मँण भएका छन । केही विरामी भए एम्बुलेन्स र ट्याक्सी पुग्छन् ।

मुख्य सडक अहिले पनि नियमित गाडी चल्छन, टोलस्तरका सडकमा वर्षाको बाढी पहिरो र भेलले बिग्रने खाल्डाखुल्डी पर्ने भएकाले अलि समस्या देखिएपनि तत्काल डोजर लगाएर बाटो सुचारु गरिने आचार्यको भनाई छ । ग्रेड नमिलेका सडकलाई ग्रेड मिलाउने, सडक तलबाट वाल उठाउने र पहिरो रोकथामको लागि विरुवा रोप्ने, सडक माथिबाट पहिरो सस्न नदिने पनि बोट विरुवा लगाइनेछ । मालारानीका सडकमा हिलो र धुलो मुक्त बनाउने प्रयास रहेको छ । नयां सडक निर्मँण गर्न खासै आवश्यक छैन । सबै टोलमा बाटा पुगेका छन । केही नपुगेका गाउंमा नयां बाटो खोलिनेछ । भैरहेका सडकको स्तरोन्नती गर्ने, नाली काट्ने, वाल उठाउने, होमपाइप राख्ने लगायतका काममा मालारानी गाउंपालिकाको बजेट खर्च भैरहेको पालिका उपाध्यक्ष प्रमिला क्षत्रीले बताइन ।

प्रतिक्रिया दिनुहोस्