बनेपा नगरपालिकालाई स्मार्ट सिटि बनाउने योजना छ: नगर प्रमुख श्रेष्ठ

बनेपा नगरपालिकालाई स्मार्ट सिटि बनाउने योजना छ: नगर प्रमुख श्रेष्ठ

रचना तिमल्सिना/रतन वि.क
बनेपा नगरपालिका ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले नगरलाई स्मार्ट सिटि बनाउने योजना बनाएको छ ।

नगरलाई स्मार्ट सिटी बनाउन आवश्यक पुर्वाधारहरु निर्मामा आफुहरु लागि परेको नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नगरका १४ वटै वडामा पुग्ने सडक कालोपत्रे भइसकेका छन ।

स्वास्थ्यको क्षेत्रमा नगरमा ९ वटा स्वास्थ्य चौकी रहेको छन । यस्तैै खानेपानी र विजुली सवै वडामा पुगेको हुँदा त्यहाँका जनताहरुलाई सहज र सरल भएको छ ।

साथै, कोरोना भाईरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि नगरपालिकाले ५० वेडको स्तरीय क्वारेन्टाइन र ५० वेडको आइसोलेशन निर्माण गरेको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचत जनप्रतिनिधिको क्रियाशिलताले बनेपा नगरपालिकामा विकास निर्माणका कामहरुले गति लिईरहेको छ । स्थानीयवासीहरु पनि विगतको कष्टकर जिवनबाट मुक्त भएको अनुभव गरेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्