निजामती कर्मचारी संगठन विभागिय कार्य समितिद्धारा आयोजित विविध कार्यक्रम सम्पन्न

निजामती कर्मचारी संगठन विभागिय कार्य समितिद्धारा आयोजित विविध कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन विभागिय कार्य समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा अविभावकत्व ग्रहण गरेका विद्यार्थीहरुलाई राहत वितरण, शिक्षा सेवाबाट सचिव हुनु भएका टेक नारायण पाण्डेलाई बधाई ज्ञापन र बडादशैं सहित विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं माननीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकाेटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अविभावकत्व ग्रहण गरी विभिन्न विद्यालयहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले राहत प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै माननीय सांसद महेश बस्नेतले वर्तमान सरकारले राम्रा कामहरु गरेपनि केहि नकरात्मक तत्वहरुले सरकार विरुद्ध भ्रम फैलोउने प्रयास गरिहेको बताउनुभयो । यस्तै उहाँले विभिन्न सरकारी कार्यालयहरुमा निजामती कर्मचारी र शिक्षा सेवाका कर्मचारीहरुमा समानता नरहेकोले यो बिभेद चिर्नुपर्न बेला आएको बताउनुभयो ।

यस्तै, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकाेटा सदस्य केदार पाण्डेले शिक्षा सेवाका कर्मचारी र निजामती कर्मचारी बीचको समानता कायम गर्न आफुहरु लागि परेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टिको अन्य भातृ संगठन जस्तै नेपाल निजामती कर्मचारी संगठनको पनि एकिकरण हुन नसक्दा केहि समस्याहरु देखिएको उहाँको भनाई छ ।
कार्यक्रमका सभापती नेपाल निजामती कर्मचारी संगठन विभागिय कार्यसमिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अध्यक्ष शिवराज पोखरेलले शिक्षा सेवा बाट प्रवेश गरेका कर्मचारीहरुलाई पनि निजामती कर्मचारी सरह अधिकार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरको लोकन्थलीमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन विभागिय कार्यसमिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपाध्यक्ष भिमा कोईरोला , सचिव हेमराज खतिवडा ,सहसचिव साेमादेवी भट्टराई र कोषाध्यक्ष धनेश्वर प्रसाई लगायत सदस्यहरूको सहभागिता रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्