नागरिकको सेवामा खटिदा आफै संक्रमित भएँः वडाध्यक्ष चौधरी

नागरिकको सेवामा खटिदा आफै संक्रमित भएँः वडाध्यक्ष चौधरी

नवलपरासी । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको कारण त्यसको प्रत्यक्ष असर नेपालमा परको देखिन्छ । नेपालका तिनै तहको सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।

यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिवाकर चौधरीलाई वडामा कोरोनाको प्रभाव कस्तो छ भनेर सोधेका थियौँ । उहाँले नागरिकको सेवामा खटिदा आफै संक्रमित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाका ३ जनालाई संक्रमण देखिएको थियो, उहाँको सेवामा खटिदा मलाई पनी पोजेटिभ देखीयो, तर अहिले म पुर्ण रुपमा ठि भईसँके ।” अरु ३ जना संक्रमित पनि ठिक भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो । त्यसपछी वठामा कोरोनाको प्रभाव खासे नरहेको उहाँले बताउनुभयो । “म आफैमा पनी कोरोना पोजेटिभ देखिएको थियो, मेरो अनुभवले कोरोनाको त्रास ठुलो भ्रम मात्र रहेको भन्ने लाग्यो”, उहाँले भन्नुभयो । उचित सावधानी अपनायो भने यसले खासे असर नगर्ने उहाँको भनाई छ ।

वडामा बाहिरबाट आउने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । महामारीले सबै योजना तथा विकासका कामहरूमा ठूलो समस्या निम्त्याएको उहाँले बताउनुभयो । कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । त्यसैगरी दैनिक ज्याला मजदुरी गर्ने विपन्न वर्गका व्यक्तिहरूलाई यस परिस्थितिमा राहत वितरण पनि गरेको वडाध्यक्ष चोधरीले जानकारी गराउनुभयो । वडाले गरेको निर्णय, काम कार्बाहिप्रति सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । यस महामारीलाई न्यूनिकरण गर्दै सम्पूर्ण विकास निर्माणका कामहरूलाई अगाडि बढाउने उहाँको योजना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्