मेस्सीले गर्लान त सन्यासको घोषणा ?

मेस्सीले गर्लान त सन्यासको घोषणा ?

काठमाडौं । आज (शनिबार) भएको नकआउट चरणको पहिलो खेलमा केलिन एम्बाप्पेको दुई गोलको मद्धतमा फ्रान्सले अर्जेन्टिनालाई ४– ३ गोल अन्तरले हराएपछि घर फर्कदै गरेका अर्जेन्टिनाका ३१ वर्षे स्टार स्टाइकर लियोनल मेस्सीमाथि सन्यास लिने दवाव बढेको विश्लेषणहरु गरिएका छन् । आफ्नो महत्वकांक्षा पुरा नभएको भन्दै उनले केहि दिन अघि अर्जेन्टिानालाई विश्व च्याम्पियन नबनाएसम्म फुटबलबाट सन्यास लिने आफ्नो चाहना नभएको धारणा सार्वजनिक गरेका थिए । विश्वकप सुरु हुन अगावै मेस्सीले जारी विश्वकप पछि सन्यास लिने व्यापक हल्लाहरु भएका थिए । अव हल्लैमा सिमित हुने हो कि साच्चै केहि दिनमा मेस्सीले सन्यासको घोषणा गर्लान त ? भन्ने खुलदुलि यतिखेर सबैमा छ ।

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले स्तब्ध भएको थियो । निकै चुनौतिपूर्ण मानिएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजय गर्नेक्रममा मेस्सीले जारी विश्वकपमा पहिलो गोल गर्दै गतिलो प्रदर्शन गर्न नसकेको आरोपहरुबाट केहि राहत पाएका थिए । तर, फ्रान्ससँग भने आफ्नो खेल देखाउन उनि चुकेका छन् । यो परिणामसँगै सन्यास लिने उनको सोचमा बल पुगेको आँकलनहरु पनि गरिएका छन् ।
दुई वर्षअघि कोपा अमेरिका फुटबलको फइनलमा चिलीसंग मेस्सीले पेनाल्टी मार्फत गोल गर्ने अवसर गुमाएपछि पराजय व्यहोर्नु परेसँगै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । त्यसबेला व्यापक दवावपछि उनी सन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्केका थिए ।

यदि, अझै राष्ट्रको हवला दिएर मेस्सीले सन्यास नलिए २०२२ को कतार विश्वकपसम्म पर्खनुपर्छ तर त्यसबेला उनको उमेर ३५ वर्ष हुनेछ ।

Penegra buy online, acquire dapoxetine.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.