अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भनिएको नेपालको अयोध्यापुरी क्षेत्रलाई बृहत् धार्मिक पर्यटकीयस्थल बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालसहित त्यहाँका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसंग भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अयोध्यापूरीको विकासका लागि गरिने सम्पूर्ण कामका लागि राज्यले आर्थिक लगानी गर्ने पनि बताए । ओलीले आफ्नो तर्फबाट अयोध्यापुरीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार गरी पठाउने आश्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीले वृहत धाम र राम मन्दिर निर्माण गर्ने गरी तयारी थाल्न र फराकिलो जग्गा खोज्न टोलीलाई निदेशन दिएका छन्। त्यसैगरी ओलीले बाल्मिकि ठोरी र जनकपुरलाई जोड्ने गरी गुरुयोजना बनाउनेमा समेत जोड दिएका छन्। प्रधानमन्त्री ओलीले केही दिनअघि चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोलामा भएको आगजनी र चेपागं वस्तीको बारेमा समेत चासो राखेका थिए।

प्रतिक्रिया दिनुहोस्