कोरोनालाई रोक्न लिखुतामाकोशी–१, चौविसै घण्टा मैदानमा

कोरोनालाई रोक्न लिखुतामाकोशी–१, चौविसै घण्टा मैदानमा

रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. १, दुरागाउँ यतिबेला विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध लड्न चौविसै घण्टा मैदानमा सक्रिय भएर लागिरहेको छ । वडाकै सक्रियतामा वडामा ६ वेडको क्वारेन्टाइन बनाइएको छ भने टोल टोलमा साबुन वितरण गर्दै हात धुने सहि तरिका पनि सिकाइरहेको छ, वडाले । यसमा स्वास्थ्य चौकी र नेपाल कम्युनिष्ट पार्टीले पनि सक्रिय भूमिका खेलिरहेको वडा अध्यक्ष मिङमार तामाङ बताउनु हुन्छ । देशभर, प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस विरुद्ध लड्न पर्याप्त तयारी नगरेको जस्ता आरोपहरु लागि रहदा यहाँको वडा कार्यालय, स्थानीय राजनितिक दल र स्वास्थ्य चौंकीको सक्रियता भने निकै उदाहरणिय छ ।
वडावासीलाई ढाडस दिदै चौविसै घण्टा सक्रिय रहेका वडा अध्यक्ष तामाङका अनुसार कोरोना सम्बन्धी जनचेतना जगाउन विविध कार्यक्रमहरु भईरहेका छन् । काठमाडौं र बाहिरबाट आउनेहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको र त्यसको निगरानीसमेत हुँदै आएको छ । यस्तै, स्वास्थ्य स्ंवमसेविकाहरुलाई परिचालन गरेर कोरोना विरुद्धको सचेतना अभियानलाई अझै प्रभावकारी पारिएको छ । वडा अध्यक्षका अनुसार वडाका विपन्न, असाहय र अति गरिबहरुलाई वडाले विशेष सहयोग पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्