हरिहरपुरगढी गाँउपालिकाद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

हरिहरपुरगढी गाँउपालिकाद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ ।

कार्यक्रम हरिहरपुरगढी गाँउपालिकाको अध्यक्ष कारसाङ तामाङको अध्यक्षतामा सम्बन्धित आठैे वडाका वडा अध्यक्षहरुको सक्रिय सहभागितामा भइरहेको छ । वृद्धवृद्धाले सजिलैसँग लाउन मिल्ने र जाडो समयका लागि उपयोगी कपडा वितरण गरेको गाँउपालिका अध्यक्ष कारासाङ तामाङले जानकारी दिए ।

गाँउपालिकाभित्र रहेका नौ सय सत्ताइस ज्येष्ठ नागरिकहरुमध्ये हालसम्म ६,७ र ८ वडाका ३०० जना ज्येष्ठ नागरिकहरुमा न्यानो कपडा वितरण भइसकेको छ । माघ २६ आइतबारबाट शुरु भएको उत्त कार्यक्रम फागुन ४ गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्