नुवाकोटको तारकेश्वर गाउँपालिकाकि उपाध्यक्ष र प्रशासकिय अधिकृतबीच तनाव

नुवाकोटको तारकेश्वर गाउँपालिकाकि उपाध्यक्ष र प्रशासकिय अधिकृतबीच तनाव

नुवाकोट – आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै पुर्वएमालेबाट निर्वाचित नुवाकोटको तारकेश्वर गाँउपालिकाकि उपप्रमुख तारादेवी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल माथी बिहीबार कार्यकक्षमै हातपात गरेकी छिन् ।

उनले आफूले भनेको ठाँउका योजनाको लागी बजेट दिन नमानेको भन्दै बिहीबार अपरान्ह चार बजेतिर प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्ष स्थित बसेको कुर्सिमै पुगेर कठालो समातेर कुटपिट गरेकी हुन् ।

उनले कठालो समातेर लछार-पछार गरेर दाहालको सर्टनै नै च्यातिदिएकी हुन्। कर्मचारीका अनुसार पाँचलाख रुपैयाँ बराबरको खानेपानी पाईप खरिदका लागि तोक आदेश गरेकोमा खरीद ऐन अनुसार खरिद प्रकृया अपनाउनु पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले कार्यान्वयनमा नलगेको झोकमा उपप्रमुख रिमाल कुटपिटमा उत्रिएकी हुन ।

कुटपिट गर्ने क्रममा उनले सरकार आफूहरुको रहेको उल्लेख गर्दै स्थानिय तहमा सहयोग नगर्ने कर्मचारीलाई तह लगाएरै छाड्ने चेतावनी दिइन। घटनाको बिषयमा बिहिबार राती स्वयं पुष्टि गर्दे प्रमुख प्रशासकीय अधिकृत दाहालले ऐन नियमको कार्यान्वयन गर्दै स्थानीय तहलाई पारदर्शी र आर्थिक अनुशासनमा राख्न खोज्दा आफूले अपमान सहन परको बताए । घटनाको समयमा गाउँपालिका अध्यक्ष रमेश बिष्ट भने कार्यालयमा नरहेको पनि दाहालले बताए ।

यसैबिच उपप्रमुखले लगाएको कपडा नै च्यातिने गरेर हातपात गरेपछि प्रमुख प्रशासकीय अधिकृत दाहालले न्यायको लागी आज शुक्रबार प्रहरी र प्रशासनमा उजुरी दिने तयारी गरेका छन् ।

तारकेश्वर गाँउपालिकामा प्रमुख र उपप्रमुख दुवै नेकपा एमालेबाट निर्वाचित भएपनि उनीहरुबीचको कार्यगत एकताको अभाव हुदाँ त्यसको मारमा प्रमुख प्रशासकीय अधिकृत परेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत दाहाल नुवाकोटको साविक दुईपिपल हाल बेलकोटगढी नगरपालिका–६ का बासिन्दा हुन् । आफ्नै जिल्लाबासी कर्मचारीलाई दुव्र्यबहार गरेर कुटपिट गरेपछि गाँउपालिकामा कार्यरत अन्य कर्मचारी समेत अहिले त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्