यस बर्ष दशैंको टीकाको साईत १० बजेर ३५ मिनेटमा, यो बर्ष कतिपयले टीका नलगाउने तर किन ?

यस बर्ष दशैंको टीकाको साईत १० बजेर ३५ मिनेटमा, यो बर्ष कतिपयले टीका नलगाउने तर किन ?

काठमाडौं । यस वर्ष दशैंको टिकाको साईत १० बजेर ३५ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले सार्वजनिक गरेको साईत अनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।

दशैंको टीका मंगलबार पर्नु ज्योतिषशास्त्रीय दृष्टिकोणबाट सकारात्मक रुपमा लिने गरिएको पाइदैन । शनिबार र मंगलबार टीका परेको दशैंको टीका कतिपयले नलगाउने समेत गरेका छन् । मंगलबारको दशैंको टीकाले देशमा झगडा, द्वन्द सिर्जना गर्ने तथा वित्तिय क्षेत्रमा समेत सकारात्मक परिणाम नदिने ज्योतिषहरुको भनाई छ ।

ज्यो.प. हरिबोल प्रसाद शर्माले यस वर्षको बिजया दशमीको टीका मंगलबार परेको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिँदै १० बजेभन्दा अगाडि मान्यजनका हातबाट टीका नलगाउनु नै उत्तम हुने सुझाव दिए । प. शर्माले भने, ‘बिहान १० वजेसम्म टीका लगाउन मिल्दैन, त्यसपछि भने लगाउँदा केही फरक पर्दैन ।

22 total views, 1 views today

प्रतिक्रिया दिनुहोस्