शहिदहरुको उद्गम स्थल दोरम्बामा संबिधान दिवस भब्य रुपमा मनाइयो

शहिदहरुको उद्गम स्थल दोरम्बामा संबिधान दिवस भब्य रुपमा मनाइयो

काठमाडौं। रामेछापको दोरम्बा गाउँपालिका संविधान दिवस २०७६ बिविध कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । गाँउपालिकाको आयोजनामा संयुक्त रुपमा तीन दिने कार्यक्रमको आयोजना गरीएको छ ।“संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर–घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराका साथ संविधान दिवस मनाईएको गाँपालिका अध्यक्ष कमानसिङ मोक्तानले जानकारी दिनुभयो । संबिधान दिवसको दिन गाँउपालिकामा औपचारीक कार्यक्रमको पनि आयोजना गरीएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मोक्तानले संविधान दिवसको विशेष अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्नुभयो । नेपाली जनताले दशकौँ लामो समयदेखि सशस्त्र तथा निःशस्त्ररुपमा सञ्चालन गरेका बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप भएको संविधान दिवसलाई हर्षोल्लासका साथ मनाउन उहाँले आग्रह गर्नुभएको छ । अध्यक्ष मोक्तानले यो विशेष अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि ज्यानको आहुति दिने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलनलगायत सबैखाले जनसङ्घर्षका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । दोरम्वा गाँपालिका शहिदहरुको नामले नै परिचित भएकोले बर्तमान संबिधानले दोरम्बा हत्यााण्डका शहिदहरुको सपना पुरा हुने बताउनुभयो ।
आफुले दोरम्बा गाँउपालिकालाई समृद्ध गाँउपालिका बनाउने सपना देखेको भन्दै आफ्नो यो अटोठ पूरा गर्न दोरम्बावासी जनसमुदायको साथ र सहयोग रहने विश्वास लिएको उँहाले बताउनुभयो । कार्यक्रमा गाँउपालिका उपाध्यक्ष कृषला घिसिङ लगायत गाँउपालिका स्थित सरोकारवाला निकायका प्रतिनिधि, सर्वसाधरण,शिक्षक बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो । संबिधान दिवसको अवसरमा व्यक्तीका घर घरमा सरसफाइ गरी दिपावली समेत गरीएको छ थियो।

प्रतिक्रिया दिनुहोस्