भेरी नगरपालिकाद्वारा दैनिक काम व्यवस्थित गर्न कानून निर्माण

भेरी नगरपालिकाद्वारा दैनिक काम व्यवस्थित गर्न कानून निर्माण

जाजरकोट। भेरी नगरपालिकाले ३४ वटा कानून निर्माण गरेको छ । नगर क्षेत्रको दैनिक काम व्यवस्थित गर्नको लागि कानून निर्माण गरेको हो । विसं २०७४ देखि २०७६ साउनका अन्र्तरालमा नगरको विकास गर्नका लागि ४३ ओटा कानून निमाएण गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरपालिका कार्यविभाजन नियमावलीदेखि नगरप्रहरी सञ्चालन तथा व्यवस्थापनलगायत ३४ कानून महत्वपूर्ण कानून निर्माण गरिएको उनको भनाई छ ।

कार्यसम्पादन नियमावली, प्रशासकीय कार्य्विधि ऐन, स्थानीय शिक्षा ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, न्यायिक समिति कार्य्विधि, सहकारी ऐन, सामुदायिक संस्था परिचालन तथा व्यवस्थापन, स्थानीय कानून निर्माणको परामर्श सेवा शुल्क मापदण्ड, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि पनि निर्माण भैसकेका बताए ।

त्यस्तै (घ) वर्गका निर्माण व्यवसायी इजाजतपत्र कार्य्विधि, बजार अनुगमन निर्दे्शिका, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्य्विधि, करारमा कर्मचारी व्यवस्थापन कार्य्विधि, आयोजना व्यवस्थापन कार्य्विधि, पदाधिकारी र कर्मचारी सेवा सुविधा निर्दे्शिका सम्बन्धी कानून बनेको छ ।

आर्थिक सहायता सम्बन्धी कार्य्विधि, कृषि विकास कार्यक्रम कार्य्विधि, सार्वजनिक परीक्षण कार्यविधि, अपाङ्ता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्