सार्वजनिक यातायातले १० प्रतिशत भाडा बृद्धि

सार्वजनिक यातायातले १० प्रतिशत भाडा बृद्धि

असोज , ७ काठमान्डौ । दशैको मुखमा आएर सार्वजनिक यातायातले १० प्रतिशतभाडा बृद्धि गरेको छ ।। यातायात व्यवसायी र सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएका छन् । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेपछि सरकार भाडा बढाउन सहमत भएको हो ।

आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ । यस्तै समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र २९ मंसिरसम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.