रतुवामाई नगरपालिकामा गुणस्तरहिन काम कहिल्यै हुदैन,चरित्र हत्या गर्न गलत प्रचार गरीयो: मेयर राई

रतुवामाई नगरपालिकामा गुणस्तरहिन काम कहिल्यै हुदैन,चरित्र हत्या गर्न गलत प्रचार गरीयो: मेयर राई

काठमाडौं । केही दिन अघि रतुवामाई नगरपालिकामा संचालित योजनामा व्यापक भ्रष्टाचार भएको भन्दै राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा समाचार प्रसारण तथा प्रकाशन भए ।तर उक्त विषयमा नगरपालिकाका मेयर रविन राईले १८ लाख रुपैयामा निर्माणधिन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको कुरामा सत्यता नभएको बताएका छन् ।

मेयर राईले आईतवार पत्रकार सम्मेलन गरी रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणधिन ७ कोठे अपांगमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको प्रष्ट पारेका छन् । उँहाले कृषि उपज संकलन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआरं)को आधारमा सिमा क्षेत्र विकास कार्यक्रम अनुसार संघिय सरकारको सर्शत अनुदानमा आएको रकम सहित नगरपालिकाको १० प्रतिशत सहयोगमा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कामा काम भईरहेको बताए ।

                                                                                                         मेयर रविन राई

मेयर राईले शौचालय साढे १८ लाख रुपैया, ५ सय ५९ मिटर पक्की नाला र स्ल्याप निर्माण कार्य ६२ लाख ३६ हजार ४ सय १८ रुपैया र सेफ्टी टंकी, सेनेटरी ,इलेक्ट्रनिक्स सामान र निर्माणधिन स्थलको संरचना हटाउन रु १३ लाख ३४ हजार ३८ रुपैयाको प्रविधिक लागत तयार गरी भ्याट बाहेक कुल ९४ लाख ५१ हजार रुपैयामा सार्वजनिक सुचना गरी ठेक्का दिएको बताए ।

मेयर राईले रतुवामाईको विकास निर्माण प्रति आफु संवेदनशिल रहेको बताउदै गुणस्तरहिन काम कदापी हुन नदिने बताए । उनले झर्किया बजारको बृहत विकासका लागी झर्किया बजारको कृषि उपज संकलन केन्द्रको कुल साढे ६ करोडको डिपिआर तयार गरेर पहिलो चरणमा सो काम भइरहेको बताउदै संघिय सरकार बाट थप अनुदान प्राप्त गरी ३९ वटा कृषि उपज संकलन विक्री केन्द्र, ४ वटा ट्रस्ट, दृष्य अवलोकन भ्यु टावर र मन्दीर निर्माण गर्ने लक्ष्य अनुरुप काम भईरहेका बताए ।

उनले असार भित्र संघिय सरकार बाट प्राप्त अनुदान रकम खर्च गरिसक्नु पर्नेभएकाले ठेकेदारले चाडो काम गर्दा अहिले देखिएको त्रुटि आएकाले काम सम्पन्न भई नसकेकाले गलत कार्यलाई सच्याउन नगरपालिकाले ठेकेदारलाई पत्र काटि सकेको जानकारी दिदै निर्माण सक्किएपछी पनि ६ महिना सम्म कुनै समस्या आए ठेकेदार बाटै गराइने प्रवाधान सहित ठेक्का लगाएको बताए । हाल शौचालय, पक्की नाला स्ल्याप, सेप्टी टंयाकी लगायतको निर्माण कार्य यलम्वर न्यु कन्ट्रक्सन रंगेलीले गरिरहेको छ ।

मेयर राईले नगरपालिका संग आधिकारीक रुपमा सुचना नलिई केहि संचारमाध्यमले एक पक्षिय रुपमा गलत विवरण राखेर नियोजित रुपमा भ्रम फैलाउने गरी समाचार सम्प्रेण गरीएको गुनासो समेत राखे । मेयर राई कै भनाईलाई आधार मान्ने हो भने यथार्थ भन्दा पर रहेर एक पक्षीय रुपमा मात्रै निरन्तर समाचार आउनु, यसबाट के प्रस्ट हुन्छ भने कुनै प्रायोजित गिरोहले नगरप्रमुख रबिन राईको चरित्र हत्या गरेर नगरमा उनलाई असफल बनाउने र आगामी स्थानीय तह तथा अन्य निर्वाचनका लागि आफुहरु योग्य रहेको प्रमाण पेश गर्ने मुख्य उदेश्यका साथ त्यस्ता प्रकारका भ्रामक समाचारहरु प्रकाश तथा प्रसारण गराइएको देखिन्छ । राइले भने ।

प्रतिक्रिया दिनुहोस्