नेपाल पहिलो हाफमै म्यानमारसँग १० गोलले पछाडी

नेपाल पहिलो हाफमै म्यानमारसँग  १० गोलले  पछाडी

depakote reviews, clomid reviews.

असोज५, काठमाडौं । एएफसी यू(१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल खाएको छ। हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले हाफसम्म नेपालले खराब प्रदर्शन गर्दै एकपछि अर्को गोल खाएको हो । नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो ।
नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै गर्‍यो । म्यानमारले खेलको १०औं, १७औं र २०औं मिनेटमा गोल गर्दै ६(० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९औं, ३२औं र ३७औं मिनेटमा नेपालले गोल खादै १०(० गोलको भारी अन्तरले पछि परेको हो । यअसघि बुधबार भएको पहिलो खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४(० गोलअन्तरले पराजित भएको थियो । यो समूहको शीर्ष २ मा पर्ने राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू(१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.