समृद्ध र समुन्नत तादी निर्माण गर्न कस्सिए अध्यक्ष पाण्डे

समृद्ध र समुन्नत तादी निर्माण गर्न कस्सिए अध्यक्ष पाण्डे

नुवाकोट जिल्लास्थित तादी गाँउपालीकाका अध्यक्ष नारायण पाण्डेले आज असल सञ्चारको स्टुडियोमा कुराकानीको क्रममा समृद्ध र समुन्नत तादी बनाउन आफ्नो जोड रहेको बताउनु भएको छ । प्राकृतिक रुपमा भौगोलिक तथा जैविक विविधताले भरिपुर्ण यस गाउँपालिकाको हावापानी, बन्यजन्तु, बनस्पति, मानवीय रहनसहन तथा संस्कार सामाजिक संरचना लगायतका बिषयहरुमा बिबिधता रहेको पाइन्छ । मुख्य पेशा कृषि भएता पनि व्यापार र व्यवसायमा पनि तादीबासीहरु संलग्न छन् । कृषिको अलवा सम्भावनाको दृष्टिकोणबाट यहाँ जलस्रोत, उद्योग, पर्यटन जस्ता क्षेत्रमा पनि तादी अब्बल गाउँपालिका हो । गाउँपालिका अध्यक्ष पाण्डे पनि यिनै सम्भावनाहरुकै कारण तादी समृद्ध हुने दाबी गर्नु हुन्छ ।

अध्यक्ष कै भनाईलाई आधार मान्ने हो भने विकासका लागि सांस्कृतिक धरोहरलाई बचाउँदै त्यसको संरक्षणमा ध्यान दिनु पनि त्यतिकै जरुरी छ । तादीमा नयाँ सडक निर्माण गर्नु भन्दा भएका सडकहरुको स्तरोन्नती गरी बाह्रै महिना सवारी साधन संचालन हुने वातावरण बनाउन अध्यक्ष पाण्डेले विशेष जोड दिएको देखिन्छ । गाउँपालिकामा ५ माध्यमिक सहित कुल ३० बिद्यालयहरु रहेका छन् । यस्तै, विनाशकारी भूकम्पले क्षतविक्षत भएका विद्यालयहरुको पुनर्निर्माण गरेर शिक्षकहरुको उचित व्यवस्थापन गरिएको छ । विद्यार्थीलाई खाजा र छात्राहरुलाई सेनेटरी प्याडको पनि विद्यालयहरुमा व्यवस्था छ । साथै कक्षा ५ सम्म अंग्रेजी माध्यममा अध्यापन भईरहेको छ । यी प्रयासहरुमा अध्यक्ष पाण्डेको नेतृत्वदायी भूमिका छ ।

conference2
पन्ध्र शैयाको अस्पतालको निर्माण र दुईवटा बर्थिङ सेन्टर तथा गर्भवतिलाई निशुल्क एम्बुलेन्स सेवाका कारण तादीवासीको स्वास्थ्यमा पहुँच राम्रो हुँदै गईरहेको देखिन्छ । कृषकहरुलाई आवश्यक मल तथा बिउको उपलब्धता र आधुनिक कृषि प्रणाली उन्मुख योजनाका कारण मुख्य आम्दानीको स्रोत कृषिमा पनि गाउँपालिकाको ध्यान केन्द्रित भएको पाइन्छ । सबै वडा कार्यालयहरुबाट सहजै सेवाहरु प्रदान गरिएकोले सेवाग्राही तथा स्थानीयहरुलाई सहज पनि भएको देखिन्छ । गाउँपालिका अध्यक्ष पाण्डेको दुरदर्शि भिजन र जनताको जीवनस्तरलाई प्राथमिकतामा राखेर कार्य गर्ने शैलिकै कारण पनि समृद्ध, समुन्नत र सुन्दर तादी गाउँपालिकाको सपना साकार हुन धेरै समय नलाग्ने देखिन्छ ।

नुवाकोटको तादी गाँउपालीकाको भिडियो डकुमेट्री

प्रतिक्रिया दिनुहोस्