काभ्रेपलाञ्चोकको धुलिखेलमा विषादी प्रयोगशाला सञ्चालन

काभ्रेपलाञ्चोकको धुलिखेलमा विषादी प्रयोगशाला सञ्चालन

काठमाण्डौ ।  काभ्रेपलाञ्चोक   ( प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धुलिखेलमा विषादी अवशेष नियमन प्रयोगशाला ( रेपिड बायो एसे अफ पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब सञ्चालनमा ल्याएको छ।

आर्थिक वर्ष ०७५र७६ मै काभ्रेपलाञ्चोकसहित चितवन, मकवानपुर, ललितपुर र नुवाकोटमा आरबिपिआर ल्याब स्थापना गर्ने निर्णयअनुसार मन्त्रालयले धुलिखेलमा सञ्चालनमा ल्याएको हो। चितवनमा यसअघि नै प्रदेशमातहत सेवा सुरु भइसकेको छ भने काभ्रेमा भर्खरै सुरु भएको हो।
उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्डअनुसार विषादीको अवशेष मात्रा तत्कालै पत्ता लगाउने उद्देश्यले प्रदेश मन्त्रालयले पाँच जिल्लामा यस्तो प्रयोगशाला सञ्चालनमा ल्याएको हो। बढी तरकारी उत्पादन हुने धादिङ जिल्ला छुटेको छ, त्यहाँ पनि चालू वर्षमा ल्याब स्थापना हुनेछ,’ मन्त्रालयका प्रवक्ता निर्मल गदालले भने।

मन्त्रालयले बोलपत्रमार्फत ६ करोडमा पाँच सेट ल्याबका उपकरण र टेस्ट किट खरिद गरी प्रदेशका पाँच जिल्लामा पठाएको हो। संघीय सरकारले ०७१ मै कालीमाटी तरकारी बजारमा यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ। त्यसपछि मुलुकका अन्य ६ स्थानमा संघ सरकारले स्थापना ल्याब गरिसकेको छ।

प्रयोगशाला स्थापना हुने प्रत्येक ज्ञान केन्द्रबाट तीनजनाका दरले तालिम दिइसकिएको र केही समयमै दुई जनाका दरले प्रयोगशालामा स्वयंसेवी पठाइने पनि गदालले जानकारी दिए। ‘विगतको ल्याबमा टेबुलमै खुल्ला रुपमा टेस्ट गर्नुपर्ने हुँदा प्राविधिकलाई जोखिम थियो। अहिले उनीहरुले फ्युम हुड भित्रै काम गर्नसक्ने प्रणाली किनेका छौं। रसायन र ग्यास निस्कनेबित्तिकै फ्यानले अटोमेटिक तानेर चिम्नीबाट बाहिर जाने भएकाले जोखिम हुँदैन,’ उनले थपे।

प्रत्येक दिन आठदेखि १२ वटासम्म तरकारीलगायत ताजा कृषि उपजको नमूना विश्लेषण गर्न सक्ने क्षमता ल्याबमा रहेको छ। हाललाई ल्याबमा अर्गानोफोस्फेट र कार्बामेट्स समूहका विषादीको मात्रै अवशेष जाँच गर्न सकिने अवस्था छ,
प्रदेशभित्रका तरकारीलगायत ताजा कृषि उपजको आन्तरिक गुणस्तर नियन्त्रणका लागि आरबिपिआर ल्याब सञ्चालनमा ल्याइएको हो। भविष्यमा निर्यातका लागि समेत ल्याब स्थापना गर्नू भन्ने म्यान्डेट आएको खण्डमा प्रादेशिकस्तरको एमआरएल एनालाइसिस ल्याब पनि स्थापना गर्न सकिन्छ,’ गदालले भने।

छिटो परीक्षण हुने, कम खर्चिलो, स्थापना गर्न सहज र उच्च तहका प्राविधिक जनशक्ति आवश्यक नपर्ने भएकाले संघ र प्रदेश सरकारको रोजाइमा आरबिपिआर ल्याब पर्न थालेको छ। ‘हाललाई काभ्रेको आरबिपिआर ल्याबमा ज्ञान केन्द्रकै बाली संरक्षण अधिकृतसहित तीनजनाको टिम खटिने निर्णय भएको छ। कृषक, संकलन केन्द्र र बजारबाट ल्याइएका तरकारीलगायत ताजा कृषि उपजको नमूनामा यही टोलीले दुई समूहको विषादीको अवशेष अवस्था जाँच गर्नेछ,’ केन्द्रका बागवानी विकास अधिकृत उमेश सापकोटाले भने।

बाली सरंक्षण विज्ञले प्रयोगशालाको दिगोपनाका लागि सोच्न प्रदेश मन्त्रालयलाई अनुरोधसमेत गरेका छन्। ‘ल्याबमा एउटामात्रै स्पेक्ट्रोफोटोमिटर हुने भएकाले लगातार प्रयोग गरिरहँदा समस्या आउन सक्छ। यस्तै, टेस्ट किट धेरै महँगो र ताइवानमा मात्रै पाइने भएकाले किटको अभाव भइहालेमा ल्याब सञ्चालनमा अवरोध हुन सक्नेछ। प्राविधिकले दैनिक ब्रोमाइडयुक्त पानीमा काम गर्नुपर्ने हुँदा उनीहरुलाई असर गर्न सक्छ,’ ती विज्ञले सुझाए।

ल्याबमा अर्गानोफोस्फेट र कार्बामेट्स समूहका विषादीको अवशेषमात्रै परीक्षण हुने व्यवस्था भएकाले बाठो किसानले ल्याबमा परीक्षण गर्न नसक्ने अन्य विषादीको भरमार प्रयोग गरेर उम्कने अवस्था आउनसक्नेतर्फ ती विज्ञले इँगित गरे। ‘पछिल्लो समय सिन्थेटिक पाइरेथ्रोइड्स समूह र अन्य नयाँ समूहका विषादीका प्रयोगमा व्यापकता आएको छ। डिटिसी फंगिसाइडको पनि बढी प्रयोग हुनसक्छ। यी विषादी ल्याबले जाँच्ने क्षमता छैन। कतै साना किसान ल्याब परीक्षणमा दोषी देखिने र ठूला किसान उम्कने अवस्था आउँदैन,’ उनले भने।

प्रदेशको कार्यविधिमा के छरु

तरकारीलगायत ताजा कृषि उपजमा रहेको विषादीको अवशेषलाई प्रयोगशालामा मापन गरिनेछ। आरबिपिआर ल्याबले विषादीको मात्रा पत्ता लगाउँदैन, कति अवशेष छ भन्नेमात्रै पत्ता लगाउँछ। प्रदेशको विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ अनुसार परीक्षणका क्रममा रुकावटको प्रतिशत ९इन्हिविसन० ३५ प्रतिशतभन्दा कम आएका कृषि उपजलाई खानयोग्य मानिने उल्लेख छ। यस्तै ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी इन्हिविसन आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यही कार्यविधिमा टेकेर प्रदेशका आरबिपिआर ल्याबले काम गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्