बराहक्षेत्र नगरपालिकाले दमकल खरिद गरेपछि स्थानिय हर्षित

बराहक्षेत्र नगरपालिकाले दमकल खरिद गरेपछि स्थानिय हर्षित

काठमाण्डाै । सुनसरीको बराहक्षेत्र नगरपालिकाले लामो समयपछि दमकल खरिद गरेको छ । बर्षेनी नगरपालिका क्षेत्र भित्र आगलागी हुने गरेको तर आगो नियन्त्रण गर्ने बारुण यन्त्र नहुदा आगलागीबाट  बराहक्षेत्रबासीले वार्षीक लाखौंको धानमाल घुमाउनु परेको थियो । तर अब नगरपालिकाले दमकल ल्याएपछि भने सर्वसाधारण जनता हर्षित भएका छन् । बराहक्षेत्र नगरपालिकाले ५३ लाख २३ हजार रुपैयाँमा खरिद गरि ४ हजार लिटर पानी अट्ने दमकल ल्याएको कार्यबाहक मेयर कमला मगरले जानकारी दिइन् ।

यस अघि नगर क्षेत्रमा आगलागी हुदा छिमेकी नगरपालिकाहरुको दमकल पर्खिनु पर्ने हुन्थ्थो । दमकल आइपुग्दासम्म आगोले संरचनाहरु खरानी बनाईसकेको हुन्थे । आफ्नै नगरमा एउटामात्र दमकल भए पिडितले धेरै क्षती ब्यहोर्नु नपर्ने नगरवासीको सुझावलाई मेयरले मध्य नजर गर्दै दमकल किन्ने निर्णय गरेको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्