शंखरापुर नगरपालिकाले नगरभित्र रहेको सार्वजनिक जग्गा संरक्षणमा जोड दिने

शंखरापुर नगरपालिकाले नगरभित्र रहेको सार्वजनिक जग्गा संरक्षणमा जोड दिने

काठमाडौंको शंखरापुर नगरपालिका नगरभित्र रहेको सार्वजनिक जग्गा संरक्षण गर्न अघि बढेको छ । व्यक्तिले अतिक्रमण गरेको र अतिक्रमण गर्ने तयारी थालेको जग्गा नगरपालिकाले संरक्षण गर्न सुरु गरेको हो । वडा नम्वर ८ का विभिन्न क्षेत्रमा रहेको २ सय ३७ रोपनी सार्वजनिक जग्गा रेखाङ्कन गरी सार्वजनिक गर्दै शंखरापुर नगरपालिका जग्गा संरक्षणमा जुटेको हो ।

नगरभित्र सार्वजनिक जग्गा धेरै भएको भन्दै मेयर सुवर्ण श्रेष्ठले आगामी दिनमा ति जग्गा पनि रेखाङ्कन गरी संरक्षण गरिने जानकारी दिनुभयो । सार्वजनिक जग्गा व्यक्तीले हडप्ने, साँधसिमाना मिच्दै जाने क्रम बढेपछि नगरपालिका जग्गा संरक्षण कार्यमा सक्रिय बनेको हो । सार्वजनिक जग्गा अहिले संरक्षण गर्न नसकिए भविष्यमा चुनौती थपिने भन्दै शंखरापुर नगरपालिकाका जनप्रतिनिधीहरु स्थानीयवासीको सहयोग लिएर जग्गा संरक्षणमा जुटेका हुन् ।

सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरु पछिल्लो समय बढ्दै गएपछि अभियान नै चलाएर नगरपालिकाले त्यस्ता जग्गा रेखाङ्कन गरी सार्वजनिक गरेको शंखरापुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्