फोनिज दोलखाको २०औं स्थापना दिवस मनाइयो

फोनिज दोलखाको २०औं स्थापना दिवस मनाइयो

कल्पना सापकोटा,चरिकोट ।
नेपाल आदिबासी जनजाती पत्रकार महासंघ दोलखा शाखाले २० औं स्थापना दिवसको अबसरमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अबसरमा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखाको आयोजना तथा भिमेश्वर नगरकार्यापालिकाको सहयोगमा “संवैधानिक ब्यवस्था र मिडियामा समावेसी अबस्था”विषयक अन्तरक्रिया कार्यक्रमको समापन गरिएको हो ।
फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले अधिकार संगै कर्तब्यको पालाना गर्न सकेमा मात्र समुन्नत समाज निर्माणमा टेवा पुग्नुका साथै विभिन्न जातजाती र समुदाय बीच समानता हुने बताएका छन् ।


“संवैधानिक ब्यवस्था र मिडियामा समावेसी अबस्था” को विषयमा प्रकास पार्दै पत्रकार महासंघ दोलखा शाखाका कोषाध्यक्ष शेर बहादुर भुजेलले जनजातीहरुको हक हितको सम्रक्षण,मौलिक परम्पराको विषयमा वकालत गर्नु पर्ने कुरा प्रष्टयाएका थिए ।

स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखाका उपाध्यक्ष द्धय लक्ष्मण थामी,मन्दिरा थापा,नेपाल आदी बासी जनजाती पत्रकार महासंघका केन्दि«य सदस्य उषा पाख्रिनले जनजाती पत्रकारहरुको भुमिका र भावी दिनमा अपनाउनु पर्ने मन्तब्य मार्फत ब्यक्त गरिएको थियो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द  प्रसाद रिजाल, प्रहरी नायव उपरिक्षक मान बहादुर राई,शसस्त्र पहरी बल दोलखाका प्रमुख किरण कुमार कठायत, नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का सदस्य रविन्द्र गौतम लगायतका पत्रकारहरु,संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्