राष्ट्रिय पुरुष भलिबल टोलीमा गोकुलगंगाका दुर्गा खड्काको इन्ट्रि

राष्ट्रिय पुरुष भलिबल टोलीमा गोकुलगंगाका दुर्गा खड्काको इन्ट्रि

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको टुंगो लगाएको छ । जसमा रामेछापका खेलाडि पनि परेका छन । रामेछापको गोकुलगंगा गाँउपालिका–५ नामाडिका दुर्गा बहादुर खड्का नेपाल आर्मीबाट भलिबल टोलीमा पर्न सफल भएका हुन । उनि त्रिभुवन आर्मी क्लबका क्विकर पनि हुन । उनि सगै नेपाली टिममा पहिलो पटक स्थान बनाउने खेलाडीमा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र बिष्ट र एपीएफका ओपन स्पाइकर टेकराज अवस्थी रहेका छन् ।
नेपालमा भदौमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्यीय खेलाडीबाट १४ सदस्यीय टिमको टुंगो लगाएको हो । नेपाल भलिबल संघले टिमको औपचारिक घोषणा भने आइतबार गर्ने जनाएको छ । तर, मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले बिहिबार प्रतियोगिता खेल्ने अन्तिम टोलीको तय गर्दै बाहिरिने खेलाडीलाई जानकारी गराएको छ ।


प्रशिक्षक एबिङले १४ खेलाडी छनोट गरेका छन् । टिममा पर्ने र बाहिरिने खेलाडीबारे प्रशिक्षक एबिङले सबैलाई जानकारी गराउनु भएको छ,’ एक खेलाडीले भने । एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् । यस्तै टिमबाट बाहिरिनेमा राजु शेरचन, दुर्गा महतो, द्वारिका थापा र सारान समरी रहेका छन् ।
प्रशिक्षक एबिङले घोषणा गरेको टिममा आर्मीबाट सर्वाधिक ७, पुलिसबाट ४ र एपीएफबाट ३ खेलाडी परेका छन् । सेन्ट्रल जोनका लागि एबिङले ४ ओपन स्पाइकर, ३ आउट साइड, ३ अपोजिट ब्याक, २ लिब्रो र २ लिफ्टरलाई टिममा समावेश गरेका छन् ।
घरेलु भूमिमा हुने प्रतियोगितामा नियमित सदस्य मान बहादुर श्रेष्ठ हुने छैनन् । विभागीय टिम आर्मीको कारबाहीमा परेपछि आठौं राष्ट्रिय खेलकुद नखेलेको कारण मान प्रारम्भिक टोलीमै परेका थिएनन् ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

नेपाली टिम
ईम बहादुर राना मगर (पुलिस) –कप्तान
कुलबहादुर थापा (पुलिस) –उपकप्तान
पूर्ण टोली
धनबहादुर भट्ट क्षेत्री (आर्मी)
विशाल विक (पुलिस)
राजेन्द्र विष्ट (आर्मी)
टेकराज अवस्थी (एपीएफ)
हरिबहादुर अधिकारी (आर्मी)
दुर्गा खड्का (आर्मी)
दिपक राज जोशी (पुलिस)
नरेन्द्र गिरि (आर्मी)
राजकुमार निरौला (एपीएफ)
हरिहजुर थापा (आर्मी)
विनोद बहादुर चन्द (एपीएफ)
इश्वर थापा मगर (आर्मी)

प्रतिक्रिया दिनुहोस्