सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री ओली

सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री ओली

भाद्र ६, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।

बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताए ।

नेपाल बहुसंस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधताले भरिएकाे भन्दै उनले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्