हक्की रमनको ह्याट्रिकमा पुलिसको सहज जित

हक्की रमनको ह्याट्रिकमा पुलिसको सहज जित

काठमाण्डौँ – रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पु¥याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ ।

समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसंग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । महिलामा गण्डकी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । गण्डकीले प्रदेश २ लाई २–० गोलले पराजित ग¥यो । सविना पुन राना र करुणा दर्लामी मगरले गोल गरे । यो समूहबाट अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।

मंगलबार हुने प्रदेश १ र प्रदेश २ बीचको विजेता सेमिफाइनलमा पुग्ने छ । समूह ‘ए’ को लिग खेलमा आर्मी र प्रदेश ७ ले १–१ गोलको बराबरी खेले । प्रदेश ७ की अनिता श्रेष्ठले २७ औं मिनेटमा गोल गरिन् । ४८ औं मिनेटमा आर्मीकी दिलकुमार घलेले बराबरी गोल फर्काइन् । बराबरीसंगै गोलअन्तरका आधारमा प्रदेश ७ विजेता तथा आर्मी उपविजेताका हैसियतले सेमिफाइनल पुगे ।

प्रतिक्रिया दिनुहोस्