“हामी कवि र कवितामा” गुन्जिए जीवराज र बोगटी

“हामी कवि र कवितामा” गुन्जिए जीवराज र बोगटी

काठमाडौं । काठमाडौंस्थित शर्वनाम थिएटरमा हरेक महिना दुई कविले आफ्ना रचना वाचन गर्ने ‘हामी कवि र कविता’ को नियमित श्रृखलामा नयाँवर्ष २०७६ सालको पहिलो दिन अर्थात बैशाख १ गते कविद्धय जीवराज घिमिरे र मनोज बोगटी गुन्जिए ।

नयाँवर्षको उमंग भावमा प्रकट भएका दर्शकलाई कविद्धयले निकै रसिला र रमाइला कविताहरु पस्केका थिए । कवि घिमिरेले ‘घर’, ‘मेरो पहाड’, ‘सहर र वातावरण’, ‘कुवाको भ्यागुतो र महासागरको कथा’, ‘अनन्त तिर्खा काकाकुलको’, ‘एउटा घुरमैलो आकाश तिम्रो सम्झनाको’, ‘मैले नचाहेरै पनि’ लगायतका कविता वाचन गरेका थिए । यी कविताहरुमा समसामयिकता र साहित्यिक कला झल्किन्थ्यो ।

त्यस्तै, कवि बोगटीले ‘इश्वर’, ‘काफरे अमेरिका’, ‘खेतको विश्वास’, ‘बस्तीको गीत’, ‘म र खेत’ लगायतका एक दर्जन कविता वाचन गरेका थिए ।

तस्विर सौजन्य : फेसबुक ।

प्रतिक्रिया दिनुहोस्