नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा प्रधानमन्त्री ओलीले सम्बोधन: ‘जे गर्नुछ यो एक दशकका पूरा गर्नुपर्छ’

नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा प्रधानमन्त्री ओलीले सम्बोधन:   ‘जे गर्नुछ यो एक दशकका पूरा गर्नुपर्छ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि तिव्र गतिको दौड आवश्यक रहेको बताएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासका लागि सबैको सक्रियता आवश्यक रहेको बताएका हुन् ।  ‘जे गर्नुछ यो एक दशकका पूरा गर्नुपर्छ’ ओलीले भने,‘त्यसका लागि तिब्र गतिमा दौडन आवश्यक छ ।’

विकासमा हिसावमा नेपाल अरु देशभन्दा पछि परेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई भेट्न र उछिन्नका लागि विकासको गति दौडाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले समयको हेक्का राख्न सबैमा आग्रह गरेका छन् । देश विकासका लागि अनगिन्ती कामहरु रहेको भन्दै ओलीले सक्रिय हुन सबैमा आग्रह गरेका छन् ।

गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको भन्दै ओलीले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राज्यमा रहेको चरम वेथितिलाई प्रणालिगत स्थायीत्वमा विकसित गर्ने तहमा आइपुगेका ओलीको भनाइ थियो ।

संघीयता नेपालका लागि नयाँ अभ्यास भएका कारण केही अलमल भएको भन्दै ओलीले अहिले तीनै तहको सरकारले एक वर्षको अवधिमा सिक्दै र कमी कमजोरीलाई चिर्दै अघि बढेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्