आजबाट नयाँ वर्ष २०७६ प्रारम्भ, आपसमा शुभकामना आदनप्रदान गरि मनाइँदै

आजबाट नयाँ वर्ष २०७६ प्रारम्भ, आपसमा शुभकामना आदनप्रदान गरि  मनाइँदै

काठमाडौं– आजबाट नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदनप्रदान गरि नयाँ वर्षको पहिलो दिन उल्लास र उमंगका साथ मनाउँदैछन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षका अवसरमा बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार ९वागमती नदीको उद्गमस्थल० लगायतका स्थानमा आइतबार विशेष मेला लाग्छ ।

काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा यस दिन स्नान गरेमा शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । आजको दिन पशुपतिनाथ लगायतका धार्मिक स्थलहरुको दर्शनका लागि मानिसहरु जाने गरेका कारण विहानै देखि मठमन्दीरमा भक्तजनको घुँइचो लागेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्