पूर्व प्रधानमन्त्री प्रचण्डद्धारा, खुल्ला दिसामुक्त अभियानमा सक्रिय झा अभिनन्दित

पूर्व प्रधानमन्त्री प्रचण्डद्धारा, खुल्ला दिसामुक्त अभियानमा सक्रिय झा अभिनन्दित

चैत्र २९, काठमाडौं । राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव तथा खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको वातावरणिय शाखाका प्रमुख ई. देवेन्द्र कुमार झालाई आज एक समारोहका बीच पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले दोसल्ला ओढाएर अभिनन्दन गर्नु भएको छ । मधेशी पत्रकार समाज र चर्चा मिडियाद्धारा ललितपुरको पाटनमा आज आयोजित “ १०० नायकहरुलाई सम्मान ” गर्ने कार्यक्रममा देशलाई खुल्ला दिसामुक्त घोषणा गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रधानमन्त्रीले अभिनन्दन गर्नु भएको हो ।

खोटाङ र महोत्तरी जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्रमुख हुदाँ झाले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न र तराईमा आएको बाढीका वाबजुद जिर्ण बनेका खानेपानीका संरचनालाई दैनिक १८ घण्टा काम गरेर पुर्नस्थापित गराएका थिए ।
ई. झा यस अघि पनि उत्कृष्ट निजामति पुरस्कार र उत्कृष्ट इन्जिनियर अवार्ड लगायत विभिन्न सम्मानहरुबाट पनि विभुषित भईसकेका छन् ।

उत्कृष्ट निजामति पुरस्कारबाट प्राप्त करिव पचाँस हजार बराबरको रकम इन्जिनियर झाले महोत्तरीस्थित जलेश्वर मन्दिरमा शिव आरती सञ्चालनको लागि प्रदान गरेर उदाहरणिय कार्य गरेका थिए ।
आज, अभिनन्दन थाप्न मञ्चमा गएका झालाई पूर्व प्रधानमन्त्री प्रचण्डले निरन्तर अगाडि बढ्न हौसला पनि दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्